चुरे वचाउ अभियान २५ दिन पैदल यात्रा गर्दै काठमाडौ

तराईमा मधेस लगायत अन्य भागमा पुगेको असरवारे ध्यानाकर्षण गर्न चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग लिएर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं पुगेका छन् ।
क्रसर व्यवसायी लगायत अन्य सराेकारवालाकाे जथाभावी दाेहन, उत्खनन, विनाश र अतिक्रमण रापले चुरेभावर विनाश तिव्र गतिले हुदै छ । खानेपानी स्रोत सुक्दै जाँदा तराई मधेस काकाकुल हुन वाध्य वन्दैछ । चुरेकाे जल जमिनमा र वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव वताए ।
‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो साथै चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको छ साथै ‘त्यो जग्गा सबै फिर्ता भएर वास्तविक भूमिहीन पहिचान गर्नुपर्यो । त्यसबाहेक त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नुपर्यो’, भनेर वताए ।