नेपाली चलचित्र वजारलाई विस्तार र गतिशीलता वढाउन कोशी चलचित्र महोत्सव २०८१ विराटनगरमा आज कार्यक्रम गरिएको छ ।

साे कोशी चलचित्र महोत्सव २०८१’ को अवसरमा अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । 

उक्त समारोह आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान २०८१’ दिइएको हो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खाँदासहित प्रमाण पत्रले सम्मान गरे ।

सोही अवसरमा वरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुइँटेल, वीरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।