चीनले १० मिनेट चार्ज गर्दा ४ सय किलोमिटर कुद्ने विद्युतीय गाडीको ब्याट्री
२०८१ जेष्ठ १३, आईतवार ०९:२४
प्रविधि उच्चस्तरको विकास गरिरहेकाे चीनले दश मिनेट चार्ज गर्दा ४०० किलोमिटर कुद्न पुग्ने विद्युतिय गाडीको ब्याट्री बनायाे ।
भरखरै चिनमा सार्वजनिक भएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आइइए)को एक रिपोर्टले यो खुलासा गरेको हो । चिनियाँ मिडियाहरु भने यो मालिमामा मौन भएका छन्
चीनका सिएसिएल नामको कम्पनीले यस्तो ब्याट्री बनाएको हो । यो ब्याट्रीलाई विद्युतीय गाडी क्षेत्रको क्रान्तिकारी विकास भनिएको छ । ब्याट्रीको नाम सनसिङ दिइएको छ । चीन विश्वको विद्युतीय सवारीको सबैभन्दा अग्रणी देश हो ।




