विविध जातजाति वसाेवास रहेको माेरङकाे बुढीगंगा गाउँपालिकाको डंग्राहा चोकमा थारु संस्कृति झल्काउने थरूनी महिलाको सालिक निर्माण गरिएको छ ।

साे सालिकलाई वडा नम्बर ७ डंग्राहा चोकमा मौलिक पहिरनमा सजिएको पूर्ण कदको महिलाको सालिक निर्माण गरिएको छ । साे सालिको बुढीगंगा ७ का वडा अध्यक्ष पंकजकुमार चौधरीले अनावरण गरे ।

बुढीगंगा पालिका अध्यक्ष जितनारायण थापा मगरले थारू संस्कार ,संस्कृति र माैलिक पहिचानलाई जाेडी ग्रामीण पर्यटनलाई विकास गर्न लागि पालिका लागेको छाैं भनेर टेलिफोनिक कुराकानीमा वताए ।

उक्त थरूनी महिलाले आचरा खड्की पहिरिएर हातमा लोटा र फूल सहित स्वागत मुद्रामा उभिएकी महिलाको सालिक ५ फिट अग्लो रहेको छ ।

थारु संस्कृतिअनुसार ‘देखासुनी’ मुद्राको साालिकले दर्शाउने छ  । थारु समुदायमा विवाहको छिनोफानो गर्न वर पक्षले समुहगत रुपमा कन्या हेर्ने प्रचलन छ । यस्तो प्रचलनलाई शुभ देखासुनी भनिन्छ ।

देखासुनीको क्रममा कन्या प्रस्तुत हुने मुद्रालाई सालिक मार्फत दर्शाइएको छ भनेर  सामाजिक अभियन्ता  एवम् अधिवक्ता मधुसुदन चौधरीले जानकारी दिए ।

 वडा ७ अध्यक्ष चाैधरीले  साढे ३ लाख बजेटबाट मूर्ति तथा मूर्तिलाई राख्ने चौतारो निर्माण गरिएको वताए ।