सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरे

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट अनुमान सार्वजनिक गरे

कूल विनियोजनमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ (६१.३१ प्रतिशत) छुट्याइएको छ । पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन्‌ ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ६।२ प्रतिशतले बढी र संशोधित तुलनाको अनुमानमा २१.५६ प्रतिशतले बढी हो ।

यस्तो छ बजेटको पूर्णपाठःhttps://drive.google.com/file/d/1C_Baja-6ztsguswxyq8w7PN5lkb4PKJG/view?usp=drivesdk