जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशनमा उपेन्द्र यादव पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पार्टी स्रोतका अनुसार यादव सर्वसम्मत अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय समिति र २० पदाधिकारी चयन गर्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

पार्टीको नेतृत्व संरचनामा एक अध्यक्ष, एक सहायक उपाध्यक्ष, एक उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष रहने सुमनले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) छाडेर जसपा नेपाल प्रवेश गरेका पूर्वसांसद राजकुमार शर्माले महासचिवमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सहायक उपाध्यक्षका लागि राजकिशोर यादव र लालबाबु राउतको प्रतिस्पर्धा छ ।

विभाजनपछि अहिले पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच जना सांसद छन् ।