आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
२०८१ जेष्ठ ३१, बिहीबार ०९:४१
नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी मनसुन प्रणालीले पूर्वी नेपालमा असर गरिरहेको छ ।
कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
देशको वाग्मती, मधेस, कोशी लगायतका पहाडी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसो वाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
बाँकी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
वाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र अन्य स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
आज राति वाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।




