बुढीगंगाले अनाधिकृत घर, टहरा हटाउन अग्रसरता

नेपालका धेरै स्थानीय तहका सरकारले स्थानीय वजार क्षेत्र वा मुख्य राजमार्ग आसपासमा अनाधिकृत रूपमा बनेका घर-टहरा हटाउन, ईजाजत नलिई वनेका भवन टहरा र फुटपाथमा व्यावसाय गर्दै आएकाहरुलाई तोकेको ठाँउमा व्यबसाय गर्न आग्रह गर्दै हटाउन सुरु गरेका छन् ।
शहर वा गाउँ क्षेत्रलाई व्यवस्थित तथा स्मार्ट सिटी निर्माण गर्न स्थानीय तहमा अनाधिकृत रुपमा बनेका घर तथा टहरा हटाउने र फुटपाथमा व्यबसाय गर्दै आएकाहरुलाई तोकेको स्थानमा व्यबसाय गर्न हाम्रो प्रयास जारी रहेको छ भनी बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले वताए ।
पैदल यात्री हिड्ने बाटोलाई समेत अवरोध गर्ने गरि र बजारको सुन्दरता बिगार्ने गरि बनाइएका घर टहरा र व्यबसायलाई हटाउन निर्देशन दिइएको अध्यक्ष थापा मगरले जानकारी दिए ।
उनलेे भने “हामीले यस अघि नै सूचना निकालेर हटाउन जानकारी दिसकेकका थियौं, “बजारको सौर्न्दर्य बिगार्ने गरि बनाइएका अनाधिकृत संरचना हटाउने र फुटपाथमा व्यबसाय गर्दै आएकाहरुलाई बिकल्प सहित तोकेको स्थानमा व्यबसाय गर्नुस भनिएको हो ।”
यस्तै बुढीगंगा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत संजिव न्याैपानेले ईजाजत नै नलिई निर्माण गरिएको अनधिकृत घर भवन टहरा वनाउदा पालिका लाई ठूलै राजश्व गुमेको छ जसका कारण स्थानीय तहले अपेक्षा गरे अनुरूपको राजश्व संकलन हुन नसके वताए ।
स्थानीय तहका पालिकाले चाडैं अनधिकृत घर भवन टहरा हटाउने काम थाल्ने छाै भनी प्रमुख प्रसासकिय अधिकृत न्याैपाने वताए ।