संस्थापक अध्यक्ष पं खगेश्वर न्या‌ैपाने रही वि.स. २०५५ साल देखि स्थापन भएको संस्कृत शिक्षा अध्यापन गराउदै आएको पाणिनि संस्कृत विद्यालयको २४औं वार्षीक साधारण सभा विद्यालयकै सभाहल विराटनगर–५,मोरङ्गमा सम्पन्न् भएको छ ।

अर्थशास्त्री प्रा. डा.भेषप्रसाद धमलाको प्रमुख आतिथ्यता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएको थियो । 

कार्यक्रममा विद्यालयकाे अक्षयकोष अभिवृद्धिका निमित्त संरक्षक सदस्य बापत  विगत वर्ष हरूमा नै एकलाख र त्यस भन्दा माथि सहयोग दिने कृष्ण मुरारी कोइराला, घनानाथ ओझा,तनुजा न्याैपाने तथा  यस बर्ष  एकलाख सहयोग दाता उत्तरा दाहाल रेग्मी ,हरिप्रसाद पोखरेल,  आनन्द नेेपाल डा मीनाक्षी नेपाल, र डा दिनेश  राकेश कोइराला बाट सहयोग भाकाेमा सम्मान गरिएको थियो ।

विद्यालयको पढाई पूरा गरेका छात्रलाई पं लक्ष्मीप्रसाद चम्पादेवी पाेखरेल छात्र पुरस्कार प्रदान गरिएको थियो ।

 साे सभामा उद्योगपति सुरेश कुमार शर्मा ,देवेन्द्र अग्रवाल ,डा मिनाक्षी नेपाल , इन्दिरा रिजाल , विराटनगर मालपोत प्रमुख भानुभक्त न्याैपाने ,तिलक रिजाल ,सीता पाेखरेल,उपाध्यक्ष पद्म काफ्ले लगाएले विद्यालयलाइ समाजको मर्म अनुरूपको संस्कार ,संस्कृति र संस्कृत भाषा संरक्षण र प्रवर्द्धनमा लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भेषप्रसाद धमलाले विगत दुई दशक देखि निरन्तर रुपमा गुरुकुलीय शिक्षा पठन–पाठन गराउदै आएकोमा पाणिनि संस्कृत विद्यालयलाई धन्यवाद दिदै संस्कृतभाषा र संस्कारको जर्गेना गर्ने काममा निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो ।

 उहांले संस्कृतभाषा र संस्कारको जर्गेना गर्ने काममा पाणिनि संस्कृत विद्यालयको एकल प्रयासले मात्र नहुने भएकाले यसमा सबैको आ–आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्नुपर्ने ओैंल्याउनुभयाे ।

त्यसैगरी कार्यक्रममा नेपाल महर्षी वैदिक फाउन्डेसन का व्यवस्थापक डिल्लीराम अधिकारीले यस विद्यालयमा संचालीत रुद्राभिषेक तथा भावातित ध्यान तथा वैदिक यज्ञका विषेशतामा सम्वन्धित विभिन्न विषय वस्तुहरुका वारेमा जानकारी गराउनु भएको थियो

 कार्यक्रममा विद्यालयको वार्षीक आय ब्यय विद्यालयका काेषाध्यक्ष माधव काेईरालाले प्रस्तुत गर्नु भयो साथै विद्यालयकाे वार्षिक प्रतिवेदन सचिव तिर्थ घिमिरेले पेश गरेकोमा सभाले उक्त प्रतिवेदन पास गरियो । साे कार्यक्रममा विराटनगरका उद्योगपति ,शिक्षासेवी र समाजसेवीहरुको उपस्थिति रहेको थियो

 अहिले पाणिनि संस्कृत विद्यालयमा ३० जना विद्यार्थीहरुले निःशुल्क रुपमा आवासिय भोजन सुविधा सहित गुरुकुलिय संस्कृत शिक्षा लिईरहेका छन् भनी कार्यक्रम संचालन जीवन पाैडेलले जानकारी दिए ।