अमेरिका र युरोपका शहरलाई पछि पार्दै हङकङ बन्यो विश्वकै महँगो शहर
२०८१ असार ४, मंगलवार १०:०१
विश्वमा रहेको शहर मध्ये हङकङ विश्व कै मँहगाे शहर वनेकाे छ ।
अमेरिकामा रहेको शहर न्यूयोर्क विश्वका महँगा शहरको सूचीमा सातौं स्थानमा परेको छ । त्यसैगरी, लण्डन, नाउसा र लस एन्जलस विश्वका १० महँगा सहरको सूचीमा अटाए ।
गल्फ देशमा रहेको दुबई अन्तर्राष्ट्रिय कर्मचारीहरूका लागि मध्यपूर्वको सबैभन्दा महँगो शहर बनेको छ । गत वर्षको तुलनामा ३ स्थान माथि उक्लिँदै दुबई विश्वकै १५ औं महँगो शहर बनेको छ । यसैगरी, मध्यपूर्वका तेल अबिब १६ औं, आबुधाबी ४३ औं, रियाद ९० औं महँगा शहर रहेका छन् ।
हङकङ र सिङ्गापुर बाहेक एसियाका अन्य महँगो सहरहरूमा सांघाई २३ औं, बेइजिङ औं र दक्षिण कोरियाको सियोल ३२ औं स्थानमा पर्छन् ।
भारतको सबैभन्दा महँगो सहर मुम्बई विश्वका महँगा सहरको सूचीमा १३६ औं स्थानमा छ
विश्वभर बढ्दो आर्थिक र भूराजनीतिक अस्थिरता, स्थानीय द्वन्द्व र आपतकालिन अवस्थाहरूले ठूला सहरमा आवास, उपयोगिताहरू, स्थानीय करहरू र शिक्षा जस्ता क्षेत्रमा मानिसहरूको थप खर्चहरू बढाएको प्रतिवेदनमा उल्लेख छ ।




