मनसुन प्रणाली अहिले देशको पूर्वी भूभागमा प्रभाव पारेको छ भने स्थानीय वायु र भारतको बिहार आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव देशको बाँकी भूभागमा रहेको छ ।    

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्ण बदली, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।    

कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।    कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।