Oplus_0

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सिफारिस समितिलाई नियुक्तिको प्रक्रिया अघि बढाउन अनुमति दिँदै प्रक्रिया रोक्न नसकिने सुझाव दिएको थियो ।

आइतबार सिफारिस समितिले छनोटमा परेका पाँच जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो ।

छनोटमा परेका पाँच उम्मेदवारमध्ये सन्तोष नारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्र सहभागी थिए ।

राष्ट्रिय बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारी भने निर्धारित अन्तर्वार्तामा सहभागी भएनन् ।

समितिले बुधबार बिहान ९ बजे पुनः सहभागी हुन बोलाएको थियो । यद्यपि, तिनीहरू देखा परेनन्।

तसर्थ समितिले कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गरी आगामी कदमबारे निर्णय गरेको छ ।