सहमति अनुसार सत्तारुढ गठबन्धन जारी रहन्छ : प्रधानमन्त्री दाहाल
२०८१ असार ८, शनिबार १८:१५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान सत्तारुढ गठबन्धन सहमतिका आधारमा जारी रहने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारे ।
उनले भने, ‘सरकारको स्थायित्वका बारेमा हतार–हतार टिप्पणी गर्नुको कुनै अर्थ छैन किनभने सरकार सर्वसम्मतले काम गरिरहेको छ ।
तामाङ राष्ट्रिय मोर्चाको सातौँ महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति र राष्ट्रियताको योगदानबाट राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभयो ।
‘माओवादी पार्टीले सुरु गरेको आन्दोलनका कारण उत्पीडित वर्ग, लिङ्ग र क्षेत्रले अवसर, अधिकार र न्याय पाएका छन्,’ उनले भने ।
उनले माओवादी आन्दोलन कुनै खास दल वा समुदायका लागि मात्र नभएर परिवर्तन चाहने सबै नेपालीका लागि भएको बताए ।
उनले पार्टीले उपलब्धि जोगाउन र समाजवादको आधार तयार गर्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा रोजेको पनि बताए ।
प्रधानमन्त्री दाहालले पार्टीको केन्द्रीय समितिको बैठकपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।




