रेमिटेन्सले देश चलिरहेको : वरिष्ठ नेता डा शेखर
२०८१ असार ८, शनिबार १८:४१
माेरङ विराटनगर , आज नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिलाई भष्ट्चारिले घेरेका कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्
नेपाली कांग्रेसका वरिष्ठ नेता कोइरालाले अहिले राजनीतिभित्र अपराधीकरण माैलाईरहेकाे बताए ।
नेपाली राजनीतिमा पछिल्ला दिनहरुमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ।’
उनलेे चारैतिरबाट देश संकटमा रहेको बताएका छन्
मुलुकमा ‘रेमिटेन्सले देश चलिरहेको छ। आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा देश जतिबेला पनी कोल्याप्स गर्न सक्छ,’ कोइरालाले भनेर गम्भीरतापूर्वक अगाडि वढ्नुपर्ने वताए ।
काेईरालाले भने मानिसको सबै अङ्गले काम गर्न छोडेपछि जति उपचार गरे पनि शरीर ठीक नहुने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा मुलुक पुगेको प्रसंग जानकारी दिए ।
वरिष्ठ नेताले यसरी यो सरकार लामो समय नटिक्ने चेतावनी दिए।




