तितेपातीबाट तेल उत्पादन जसलाई प्रतिलिटर १२ हजार रुपैयाँ
२०८१ असार १२, बुधबार २०:३६
स्थानीय तहमा भएका सरकारले देशभरि नै नयाँ र राम्रो कार्यक्रम देखाएका छन् जसमध्ये सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन गरेको छ ।
उक्त गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले वताए ।
उनलेे भने यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको बताए। ‘खेर जाने तितेपातीबाट तेल बनेको छ, अब पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्सहान गरिनेछ’, उनले भने– ‘यसलाई बाँदरले पनि केही नगर्ने हुँदा किसानहरूले तितेपाती खेतीबाट आम्दानी गर्न सक्नेछन्।’ पालिकाले स्थानीयलाई मेसिननद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको थियोे ।
नेपाली जडिबुटीहरू मध्ये तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले जानकारी दिएका छन्
तितेपातीकाे तेल अन्तर्राष्ट्रिय बजारमा अहिले उच्च माग छ,’ ‘स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन्, स्थानीय सरकारले त्यसको पहिचान गर्ने र उद्योग सञ्चालन गर्ने हो भने धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ।’भनी उनलेे वताए ।
वजारमा तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रति किलो मूल्य रहेको छ । ‘पात पछाडि जति धेरै भुवा भयो उति गुणस्तर मानिन्छ, यस्तो खालको तितेपाती मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बिक्री हुन्छ।’ गाउँमा प्रयोगविहीन भइरहेको तितेपातीबाट आम्दानी लिन सकिन्छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भने ‘गाउँघरमा तितेपाती काटेर फाल्ने, जलाउने गरिन्छ’, – ‘त्यो भनेको तितेपाती जलाएको होइनौं पैसा जलाएका हौं, फालेका हौं।’
घरेलु रक्सी बनाएकोजस्तै तरिकाले यो तेल उत्पादन हुने बताए। लोकल रक्सी बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जाने उनले जनाए। ‘हाइड्रो डष्टिलेट नामको मेसिनबाट यसको तेल उत्पादन हुन्छ’, उनले भने– ‘१ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ।’
गाउँपालिका अध्यक्ष नेपालले भने स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्न पालिका तत्पर रहेको बताए। ‘हामी स्थानीयलाई कसरी स्वरोजगार बनाउने र आर्थिक रुपमा बलियो बनाउने भन्ने विषयमा गम्भीर छौं’,
उनले भने, ‘तितेपाती खेती गर्ने र यसबाट तेल उत्पादन गरी बिक्री वितरण गर्ने हो भने पालिकाबासी समृद्ध हुन सक्छन्।’




