किसानको रहर
२०८१ असार १५, शनिबार १०:३४
नेपाली साहित्यमा विशिष्ट पहिचान छाेड्न सफल कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ ।
भोजपुरको गोगने धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो ।
खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।
यस कवितामा नेपाली किसानकाे वास्तविक अवस्था चित्रण गरिएको छ साथै किसानका रहर र आशा स्पष्ट देखिन्छ भनी समालोचक प्रा कविराज न्याैपाने वताउनुभयाे ।
शीर्षकः किसानको रहर
सानो छ खेत सानो छ बारी सानै छ जहाननगरी काम पुग्दैन खान साझ र बिहान
बिहानपख झुल्किनछ घाम देउराली पाखामाआसरे गीत घन्किनछ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदालीजीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंलाबनाई कुलो लगाई पानी आएर गोडौंला
भनेर सानी पटुकी रातो बाँधेर झरेकीधमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोती झैं खुलेकीघाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बयेली खेल्छ बतास रातमाजूनले पोख्छ शीतका थोपा धानका पातमा
सूनौला बाला झुलेर होला भूईंलाई छोएकोफलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहरकिसान बनी जहान पाल्ने यो मेरो रहर ।




