प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकपछि एमाले अध्यक्ष ओलीले थप बैठकलाई निरन्तरता दिने बताए ।

बैठकमा उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछाने सहभागी भए भने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बैठकमा थिए ।

 लामिछानेले बैठक नियमित प्रक्रिया भएको बताए ।