रासपाले सरकार छाड्न अस्वीकार
२०८१ असार २०, बिहीबार १२:३५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको झण्डै दुई घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) तत्काल सरकारबाट बाहिरिने सम्भावना कम भएको छ ।
बैठकमा सहभागी रासपाका एक नेताले अहिले मन्त्रीहरुले राजीनामा दिने कुनै योजना नभएको बताए ।
राप्रपाका नेताहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संसदभित्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि सत्तारुढ गठबन्धन माओवादी केन्द्र र रासपाका वरिष्ठ नेताहरुबीचको छलफललाई बलियो बनाएको र सरकारबाट राप्रपाको तत्काल बाहिरिने सम्भावना घटेको बताइएको छ ।
बैठकमा रासपका नेता रवि लामिछाने, स्वर्णिम वाग्ले, डीपी अर्याल, सन्तोष परियारलगायत प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।




