असार २८ मा प्रचण्डले विश्वासको मत जाँच गर्ने
२०८१ असार २१, शुक्रबार १७:४८
नयाँ राजनीति गठवन्धन निर्माण भए पछि प्रचण्डकाे नेतृत्व सरकारलाई दिएको विश्वासकाे मत जाँच गर्ने भएका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकार अल्पमतमा परेसँगै असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत जाँच गर्ने व्यवस्था गर्न सङ्घीय संसदका महासचिवलाई पत्राचार गरेका छन्
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्डको सरकार सङ्कटमा परेको थियो।
दुई दिनअघि मुख्य सत्ता साझेदार एमालेले आफ्नो समर्थन फिर्ता लिएको थियो भने उक्त दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका थिए।
सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत जाँच्नुपर्ने संवैधानिक व्यवस्था छ।




