वाग्मती प्रदेश सरकारमा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । 

केन्द्रमा गठबन्धन परिवर्तन भएपछि मन्त्रीहरूले सोमबार मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाएका छन् । 

अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकलाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । 

अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मन्त्रीहरूले मुख्यमन्त्री जमकट्टेललाई राजीनामा बुझाएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।