सोमबार नयाँ प्रधानमन्त्री शपथ
२०८१ असार २९, शनिबार १८:४५
नयाँ गठवन्धनले तर्फबाट मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाे छ
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन्




