परराष्ट्रमन्त्री डा राणासँग भारतीय राजदूतको भेट
२०८१ श्रावण १, मंगलवार २०:२२
परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
माननीय परराष्ट्रमन्त्री डा आरजु राणा @Arzuranadeuba सँग उहाँको कार्यालयमा आज भारतका राजदूत एचई श्री नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल-भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो। नेपालको परराष्ट्र मन्त्रालयको ट्वीटरमा लेखिएको छ ।




