काेईराला परिवारका तीन सदस्य नेपाली कांग्रेसकाे केन्द्रीय राजनीतिमा नेतृत्व लिने प्रयासमा रहेका छन् जस मध्ये पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेईराला पुत्री नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरिन् 

आज (शुक्रबार ) बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरिन् 

 उनलेे पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् ।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तल माथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन: एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।

उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरेकि छिन्