फागुन १९ अमेरिका , न्यु मेक्सिको स्टेट युनिभर्सिटी र नेपाली विद्यार्थीको साझा संस्था नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेसा )काे संयुक्त रूपमा आयोजनामा मार्च १८ गते अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलनको १४ औँ संस्करण गर्ने भएको छन् ।

यस सम्मेलन मूल नारा ‘नवप्रवर्तन र रूपान्तरणका लागि संबंध र सहकार्य ( कनेक्सन एन्ड कोल्लाबोरसन फोर इन्नोवसन एन्ड त्रन्स्फोर्मसन )’ राखिएको छ भने यो वर्ष  सम्मेलन स शरीर उपस्थित भएर सँगसँगैै भर्चुअल विधिबाट गरिने भएका कारण संसारभरबाट यो सम्मेलन म जोडिन सकिने सम्मेलनका संयोजक कौस्तुभराज न्यौपानेले जानकारी गराए ।

प्रमुख उद्देश्य संसारभरका वैज्ञानिक अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा उभ्याउनु  र कसरी सहकार्य गरेर आगामी दिनमा नवप्रबर्तनलाई टेवा पुर्याउन सकिन्छ भन्ने रहेको संयोजक न्यौपानेको वताएका छन् ।
अनुसन्धानको सार (अब्स्ट्राक) पेस गर्न आव्हान गरिसकिएको छ र पेश गर्ने अन्तिम मिति मार्च ३ रहेको छ । हाल न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा ३२ जना नेपाली विद्यार्थीहरू स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत छन् भने १०० भन्दा बढी दीक्षित भएर अध्ययन–अनुसन्धानमा संलग्न रहेका छन्

यस सम्मेलनमा जलश्रोतविज्ञ एवम् पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवाली प्रमुख वक्ता रहने छन् साथै अतिथि वक्ताको रूपमा प्राध्यापक म्यारी क्यामरुन, डा राजन घिमिरे, डा सबिता महर्जन्, डा दुर्गा नेउपाने, डा प्रबोध सत्याल र डा उत्तमबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरिनेछ भनेर नेसाका सभापति महेश लम्सालले वताए