नेपाल–चीन सम्बन्ध सुमधुर बन्दै गएकाे
२०८१ श्रावण ७, सोमबार १८:१०
प्रधानसेनापति प्रभुराम शर्माले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले चीनको इतिहासमा ठूलो बलिदान दिएको र दुई देश नेपाल र चीनका सेनाबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभयो ।
“यो सम्बन्ध पछिल्लो समय गुणात्मक रूपमा बलियो भएको छ,” उनले भनेका छन् । पीएलएको ९७औँ स्थापना दिवसको अवसरमा आइतबार साँझ यहाँ चिनियाँ दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाप्रति कृतज्ञता व्यक्त गरे ।
नेपाललाई सैन्य सहायता उपलब्ध गराउन चिनियाँ विच
पञ्चशीलको सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्लो समय थप मजबुत भएको बताउँदै शर्माले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए ।
“शान्तिप्रेमी राष्ट्र नेपालले सबै देशसँग मित्रता कायम गर्ने नीति लिएको छ, हाम्रो वैदेशिक सम्बन्ध पनि यही आदर्शबाट प्रेरित छ,” उनले भने।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–चीन सम्बन्ध पहाड जस्तै बलियो रहेको र चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए ।
उनले पारस्परिक सद्भाव, सम्मान, भ्रातृत्व र पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध आपसी विश्वास र सहयोगका साथ निरन्तर अगाडि बढिरहेको बताए ।
चिनियाँ राजदूतले नेपालको सामाजिक–आर्थिक विकासका लागि चीनबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
पीएलएको इतिहास र गतिविधिहरू चित्रण गर्ने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।




