काँग्रेस नेता शेखर कोइरालाले स्वास्थ्य शिविरमा विरामी जाँच्दै
२०८१ भाद्र १, शनिबार १०:०४
नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर काेइरालाका आमा नोना कोइराला प्रतिष्ठानले मोरङको बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विरामीलाई बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् ।
बुढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविर संचालन गरिएको थियोे
साे कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गरि घरदैलोमा नै स्वास्थ्य पहुँच पुग्नेछ साथै नोना कोइराला प्रतिष्ठानले विगतदेखि नै जनताको स्वास्थ्यप्रति सचेत रहँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वताए ।
उक्त शिविरमा मृगौला, मुटु, मधुमेहलगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै शिविरमा इको, इसीजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो भनेर बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले वताए ।
शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको पालिला स्वास्थ शाखा प्रमुख वासुदेव रेग्मीले वताए ।




