परराष्ट्रमन्त्री आरजु राणा देउवा भदौ २ गतेदेखि भारत भ्रमणमा जाने भएकी छन्

परराष्ट्रमन्त्री आरजु राणा देउवा भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् ।

भारतीय विदेशमन्त्री डा एस जयशंकरको निमन्त्रणामा मन्त्री देउवा भारत भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री देउवाले आफ्ना भारतीय समकक्षीसँग नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको सहयोग अभिवृद्धिमा केन्द्रित पारस्परिक हितका विषयमा छलफल गर्नेछन् ।

मन्त्री देउवा भदौ ६ गते नेपाल फर्कने कार्यक्रम छ ।