विशेषगरी पहाडी क्षेत्रमा चिसो मौसममा मात्रै फल्ने स्याउ अहिले नवलपुरको अत्याधिक गर्मीमा फल्ने गरेको छ । 

कृषि तथा वन संरक्षण अनुसन्धान केन्द्र प्रा.लि

 नवलपुरको मध्यविन्दु नगरपालिका–३ रत्नपुरमा स्याउ फस्टाएको छ । 

अनुसन्धान केन्द्रका अनुसार बगैँचामा ४२ डिग्री सेल्सियससम्मको तापक्रममा बढ्न सक्ने ४ हजारभन्दा बढी स्याउको रुख रोपिएको छ । सामान्यतया, यहाँ तापमान २५ देखि ४० डिग्री सेल्सियस सम्म हुन्छ।

चर्को गर्मीमा पनि फल फलाउन सक्ने स्याउ, अन्ना, डोर्सेट र एचएमआर–९९ गरी तीन जात बगैंचामा रोपिएको केन्द्रका प्रबन्धक ईश्वर भट्टराईले बताए । यी प्रजातिका बिरुवा भारतको कश्मीरबाट ल्याइएको हो। 

उनले वृक्षारोपण गरेको दुई वर्षमै अधिकांश रुखमा फूल र फल लाग्न थालेको बताए । त्यहाँ उत्पादन हुने स्याउ आगामी वर्षदेखि बजारमा ल्याउने उनले बताए । कैलालीपछि तराई क्षेत्रमा पहिलो पटक ठूलो परिमाणमा स्याउ खेती भएको उनले बताए ।

उनले करिब तीन लाख देखि ४० लाख लगानी गरि तराई क्षेत्रमा नयाँ मानिने स्याउ खेती गरिएको हाे ।

स्याउ र अन्य फलफूलसँगै अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी बिक्री वितरण गर्न थालेको छ । साथै, देशका विभिन्न भागबाट यस्ता बिरुवाको माग आएको उनले बताए । बगैँचा अवलोकन गर्न, अध्ययन गर्न र बिरुवा खरिद गर्न दैनिक २० देखि ५० जना आउने गरेको उनले बताए ।

लामो समय अष्ट्रेलियामा बसेर नेपाल फर्किएका प्रा डा मेघराज श्रेष्ठले मात्रै स्याउ खेतीमा लगानी गरेका हुन् । 

अनुसन्धान केन्द्रले स्याउ बाहेक अमरूद, सुन्तला, कागती, दालचीनी, चेरी, कागती, केरा, उन्नत जातका बदामलगायत अन्य फलफूलको पनि रोपण गरेको छ । 

यसका साथै अनुसन्धान केन्द्रले टिस्यु कल्चर प्रविधि प्रयोग गरी देशभर केरा र बाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको छ ।

हाल अनुसन्धान केन्द्रले दैनिक ३५ देखि ४० जनालाई रोजगारी प्रदान गर्दै आएको छ । तराईमा व्यावसायिक स्याउ उत्पादन हुन थालेपछि अनुसन्धान केन्द्र पनि कृषि पर्यटनको गन्तव्यको रुपमा अगाडि बढिरहेको छ ।