सरकारले धरहरा पुनर्निर्माण अधुरो रहे पनि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ

बुधबार पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण कार्य जारी रहे पनि धरहरा छिट्टै खोल्ने विशेष व्यवस्था मिलाइएको बताए ।

‘धारहरा छिट्टै सर्वसाधारणका लागि खुला गरिने छ,’ मन्त्री सिंहले भने ।
२०७२ साल वैशाख २१ गते गएको शक्तिशाली भूकम्पले काठमाडौंको मुटुमा रहेको ऐतिहासिक धरोहर ध्वस्त भएको थियो ।

पुनर्निर्माणको प्रयासले २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका थिए ।

तर, निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछि ओलीको आलोचना भएको थियो ।

अब उदघाटन भएको तीन वर्ष बितिसक्दा पनि धरहरा अधुरो रहँदा पनि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारले पूर्ण रुपमा सम्पन्न नगरी पुनः सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ