कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट : इसेवा
२०८१ भाद्र ५, बुधबार १९:२९
बैक तथा वित्तीय संस्थाले मात्रै ऋण दिने व्यवस्था ताेड्दै नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण भएको छ ।
यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय-समयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कुरा पनि यथावत् नै छ।
इसेवाबाट प्रयोगकर्ताहरूले बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षणभरमै २ लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन्। कुमारी बैंक लिमिडेट र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई easy Loan नाम दिइएको छ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन्।
easy Loan को बारेमा प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त गरेका छन् ।




