तनहुँ बस दुर्घटनामा ज्यान गुमाएका २५ भारतीय नागरिकको शव भारत ल्याइयो ।

पृथ्वीराज राजमार्गअन्तर्गत तनहुँको अन्बु खैरेनी गाउँपालिका–२ ऐनपहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार ४३ भारतीय पर्यटक बोकेको यात्रुवाहक बस खस्दा दुर्घटना भएको हो ।

मृतकको चितवनमा पोस्टमार्टम गरि भारतीय वायुसेनाको विमानबाट भारत लगिएको थियो ।

मृत्यु भएका २७ मध्ये दुई जनाको शव सडक हुँदै भारत पठाइएको छ ।

भारतका केन्द्रीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे घाइते भएकाहरुलाई भेट्न र मृतकको स्वदेश फिर्ताको रेखदेख गर्न शनिबार बिहान काठमाडौं आइपुगेकी छन् ।