राष्ट्रियसभाको बैठक आज बस्ने

संघीय संसदको राष्ट्रियसभाको बैठक आज दिउँसो १ः३० बजे बस्दैछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका अध्यक्ष जयन्तीदेवी राईले ‘विधान व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०-८१’ संसदमा विचारार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि त्रैमासिक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव गर्ने कार्यक्रम छ ।