भर्खरैकाे भारतीय भ्रमणमा पाएकाे सम्मानले गर्दा परराष्ट्रमन्त्री आरजु राणालाई सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई के हाे भनेर आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा साेध्दा राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् ।

 परराष्ट्रमन्त्री राणाले सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरिन् ।

साथै  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

जुन  भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

पत्रकारहरुले पनि यही विषयमा प्रश्न गर्दा उनलेे 

 भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ 

 बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । साे भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको हाे भनिन् ।उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् ।

‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्, ‘उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’

 कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले वताईन्