नेपाली आईटी कम्पनीलाई विश्वकै युनिकर्न बनाउने लक्ष्यमा सरकार
२०८३ कार्तिक १५, शनिबार १२:५८
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँदै ‘ग्लोबल युनिकर्न’ बनाउने लक्ष्य सार्वजनिक गरेका छन्।
नेपालीले निर्माण गरेका लुडो गेम २ करोड र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको उल्लेख गर्दै उनले नेपाली युवामा विश्वस्तरीय प्रविधि निर्माण गर्ने क्षमता रहेको बताएका छन्।
सरकारले आईटी उद्योगलाई प्रोत्साहन गर्न कर प्रणाली, नीतिगत व्यवस्था र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियम सहज बनाउने तयारी गरेको छ। साथै स्टार्टअप, ह्याकाथोन र गेम डेभलपमेन्टलाई प्राथमिकता दिँदै डिजिटल अर्थतन्त्र विस्तार गर्ने योजना अघि सारेको छ।
अब नेपाली प्रतिभालाई देशमै अवसर र विश्व बजारमा पहिचान दिलाउने सरकारको लक्ष्य छ।




