राष्ट्रपतिले टिआरसी विधेयक प्रमाणीकरण
२०८१ भाद्र १३, बिहीबार २०:०३
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी विधेयक) लाई संशोधन गर्न बनेको विधेयकलाई बिहीबार प्रमाणीकरण गर्नुभएको छ । यसबारे राष्ट्रपति कार्यालयले जनाएको छ
राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको हो । हालै संसदका दुवै सदनबाट पारित भएपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको हो ।




