अर्याल मुख्यसचिवमा नियुक्त
२०८१ भाद्र १३, बिहीबार २०:२१
सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गरिएको छ ।आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेकाे छ ।
मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो।
लिलादेवी भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो।




