ग्रामीण कृषि क्षेत्र , स्थानीय रैथाने बालि संरक्षण र कृषि संग प्रत्यक्ष सराेकार भएकाले  बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रतिष्ठित विषयगत समितिमा मनोनित भएका छन् ।

उक्त  मनोनयनले ४६० गाउँपालिकाहरूको आवाजलाई राष्ट्रिय कृषि नीति निर्माणको केन्द्रमा ल्याएको छ। सघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तर सम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित यो समिति कृषि क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य बढाउने महत्त्वपूर्ण समिति हाे 

थापाले यस मनोनयनले ग्रामीण नेपालको आवाज र आवश्यकताहरूलाई राष्ट्रिय कृषि  योजना ,नीतिहरूमा र वास्तविक किसानकाे हित गराउने  अवसर प्रदान गरेछ भनेर वताए ।

थापा मगरले  “यो मेरो लागि मात्र होइन,कृषकको उन्नयन ,स्थानीय रैथाने उत्पादन वृद्धि ,कृषि सहुलियतपूर्ण ऋण सहज पहुँचमा र कृषि विद्युतमा छुट लगायतमा राष्ट्रिय रूपमा आफ्नो लविङ गरि  कृषि ,किसान हित संरक्षण सक्रियता महत्त्वपूर्ण काम गर्नेछु भनी वताएका छन् ।