टेलिकम नेतृत्वमा संगीता पहाडी अर्याल
२०८१ भाद्र २२, शनिबार ११:२३
सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल टेलिकमको एमडीमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै, मन्त्रिपरिषद्ले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।




