अनशनमा जाँदै पूर्वमुख्यमन्त्री केदार कार्की
२०८१ भाद्र २४, सोमबार २०:३०
पुर्वि नेपालीकाे कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने घोषणा गरे । उनले जनताको हितमा प्रदेश सरकारले कार्यहरू नबढाएकाेले अनशन बस्नुपर्ने अवस्था आएको वताए ।
उनले १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहितको निःशुल्क उपचार हुनुपर्ने, बजेटमा २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र पूर्णरूपमा सञ्चालन, महिला स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकमको व्यवस्था, केशलिया करिडोरको विकास, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जंगल कार्यक्रम सरकारको प्राथमिकतामा राख्न माग गर्दै आएका छन्।
नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भाद्र २५ गते दिउँसो ४ बजेबाट आफू अनशन बस्ने वताए




