कोशीमा मन्त्रिमण्डल विस्तार, आजै लिए शपथ
२०८१ भाद्र २८, शुक्रबार १६:३१
लामाे समय सम्म कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको पछि कांग्रेस समावेश भएको छ ।
शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
काग्रेसवाट नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री कार्कीकाे मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुग्याे ।




