मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय
२०८१ भाद्र ३०, आईतवार २१:०१
नेपाल सरकारले मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन गर्ने समय निर्णय गरेका छन् ।
आज (आइतबार ) बसेको मन्त्रिपरिषदको बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले वताए
स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त रहेको हुँदा निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त रहेको नगरपालिका, गाँउपालिका, जिल्ला समन्वय समितिको प्रमुख देखि लिएर वडा अध्यक्ष सम्मको पद खाली भएको ठाउँमा उपनिर्वाचन हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्




