प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट
२०८१ आश्विन ६, आईतवार ०९:१८
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको भवनमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले यसअघि नेपालले शून्य कार्बन उत्सर्जनबाट जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गरेको बताउनुभएको थियो ।




