प्रधानमन्त्री केपी शर्मा ओलीले एयरलाइन्स कम्पनीहरुलाई हवाई टिकटहरू छुटमा वा पहिलेकै दरमा बेच्न आग्रह गरेका छन्।

हवाई यात्रुको संख्या बढेपछि एयरलाइन्स कम्पनीहरूले कुनै विशेष कारणबिना भाडा बढाएको भन्दै सर्वसाधारणले तीव्र आलोचना गरेका थिए।

“यस्तो विपत्तिको समयमा, हामी एयरलाइन्सलाई यात्रुहरूलाई छुटसहितको भाडा वा पहिलेकै दरमा भाडा लिन आग्रह गर्दछौं,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

“हामी सबै मिलेर हामीमाथि आएको प्राकृतिक विपत्तिको सामना गर्नुपर्छ।” प्रधानमन्त्री ओलीले नेपाल सरकारको पर्यटन मन्त्रालयले हवाई यात्रु र उद्धार उडानहरूका लागि विशेष निर्णय गरेको जानकारी समेत दिएका छन्।