दाउन्ने सडक खण्ड मर्मतपछि एकतर्फी रुपमा सवारी सञ्चालनमा
२०८१ आश्विन १९, शनिबार १२:१९
नवलपरासीको दक्षिणी भागमा रहेको दाउन्ने सडक खण्ड मर्मतपछि एकतर्फी रुपमा सवारी सञ्चालनमा आएको छ।
बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने सडक खण्ड भारी वर्षाको पानीका कारण भासिएर बन्द भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले आज बिहान ९:३० बजेबाट सडकलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँले सडकलाई दुवैतर्फी सञ्चालनमा ल्याउन थप मर्मत कार्य भइरहेको बताउनुभयो।




