नेपालले कार्बन बिक्रीबाट विश्व बैंकसँगको सम्झौताअनुसार अबको एक महिनाभित्र एक अर्ब ६० करोड रुपैयाँ प्राप्त गर्ने भएको छ। यो रकम तराईका १३ जिल्लामा सन् २०१८ देखि २०२४ सम्म कार्बन उत्सर्जन घटाएबापत प्राप्त हुन लागेको हो।

नेपालले यो कार्यक्रम अन्तर्गत २.४ मिलियन टन कार्बन सञ्चिति गरेबापत प्रतिटन ५ अमेरिकी डलरका दरले यो रकम पाउन लागेको हो। कार्बन व्यापारबाट प्राप्त हुने रकमको ८० प्रतिशत स्थानीय आदिवासी र जनजाति समुदायका लागि खर्च गरिनेछ।

नेपालले आगामी कार्बन व्यापार कार्यक्रम अन्तर्गत २०२८ सम्म ३.४२ मिलियन टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिएको छ।