देवी कूष्माण्डा पूजाअर्चना
२०८१ आश्विन २०, आईतवार १०:११
नवरात्रिको चौथो दिन आज दशैंघरमा देवी कूष्माण्डा पूजाअर्चना गरिँदैछ। प्रत्येक वर्ष अश्विन शुक्ल चतुर्थीको दिन नवरात्रिको चौथो दिनमा नवदुर्गामध्ये चौथी देवी कूष्माण्डा देवीको परम्परागत पूजा गरिन्छ।
कूष्माण्डा नामले उनको आध्यात्मिक, भौतिक, र अलौकिक ऊर्जालाई जनाउँछ। यी तीनवटा तातो ऊर्जालाई हटाएर देवी कूष्माण्डाले भक्तजनहरूलाई आशिर्वाद दिनुहुन्छ। पुराणहरूमा उनको हातमा मदिरा भरिएको गिलास र रगतको पात्र रहेको वर्णन गरिएको छ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा उनलाई भगवती कूष्माण्डा भनिन्छ, जसले त्रितापहरूलाई नष्ट गर्नुहुन्छ। नवरात्रि उत्सव बिहीबारदेखि जमरा राखेर सुरु गरिएको हो।




