सुनको मूल्यले आज नेपाली बजारमा नयाँ रेकर्ड
२०८१ कार्तिक १३, मंगलवार १६:०४
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १,५०० रुपैयाँले वृद्धि भई १,६८,५०० रुपैयाँ पुगेको छ।
यसअघि सोमवार तोलामा १,६७,००० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तैगरी, चाँदी पनि आज तोलामा २,१०५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा ४० रुपैयाँले वृद्धि भएको हो।




