स्थानीय बजारमा सुनको मूल्य मंगलबार तोलामा रु २,४०० ले घटेको छ। हिजो सुनको मूल्य तोलामा रु १,००० ले घटेको थियो।

आइतबार पनि सुनको मूल्य घटेको थियो। यसरी सुनको मूल्य लगातार तेस्रो दिन घटिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य तोलामा रु १,६२,६०० तोकिएको छ। हिजो यो मूल्य रु १,६५,००० थियो। 

आइतबार सुन तोलामा रु १,६६,००० मा कारोबार भएको थियो। यसरी हिजोको तुलनामा आज सुनको मूल्य तोलामा रु २,४०० ले घटेको छ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले घटेको छ। सोमबार तोलामा रु १,९५५ मा कारोबार भएको चाँदी अहिले रु १,९२५ मा पुगेको छ।