भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम अन्वेषणको काममा झण्डै ७९ प्रतिशत ड्रिलिङ कार्य पूरा भएको छ।

खनिज तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम परियोजना महाशाखाका प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार हालसम्म ७९ प्रतिशत ड्रिलिङ सम्पन्न भएको छ।

४,००० मिटर गहिराइसम्म ड्रिलिङ गरेपछि मात्रै त्यहाँ पेट्रोलियम पदार्थको भण्डार छ कि छैन भन्ने कुरा पक्का हुनेछ।

चिनियाँ सरकारको २.५ अर्ब रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य भइरहेको छ।

यो ड्रिलिङ कार्य चीन जियोलोजिकल सर्वे र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीको सहकार्यमा भइरहेको छ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले परियोजना स्थलको स्थलगत निरीक्षण गर्दै पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन्।