काेसीमा आंशिक बदली रहने
पश्चिमी हावा र स्थानीय हावाको प्रभावका कारण हाल देशका पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ।
तराई क्षेत्रमा बिहान र राति घना कुहिरो लाग्ने सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, हिमाल आरोहण तथा सडक र हवाई यात्रा प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।